सुर्खेत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमाले भन्दा काँग्रेस तुलनात्मक रुपमा लोकतान्त्रिक भएको बताएका छन् ।
मंगलबार वीरेन्द्रनगर सुर्खेतमा प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओली नेतृत्व ढाँट,छल र सडेन्त्रको पराकाष्टामा पुगेर नग्न रुपमा प्रस्तुत भएको आरोप लगाउँदै ओली नेतृत्वको विश्वास नभएको बताए ।
ओली नेतृत्वको सरकारले सदनलाई अब मुल्यान गरेर अध्यादेश मार्फत शासन गर्न खोजेको भन्दै प्रचण्डले सरकारसँग भएको दुई तिहाइको दम्भ राष्ट्रिय सभामा देखिसकेको बताए । ‘समानिकरण अनुदान मार्फत स्थानीय सरकारले गर्ने कामको कटौति गरेर देशलाई ओली नेतृत्वको सरकारले आर्थिक रुपमा झन संकट पैदा गर्दैछ,‘प्रचण्डले भने,’ ‘यो गलत कार्यको म सदनबाट विरोध गर्छु ।’
अध्यादेशका बारेमा एमालेले सहयोग मागे पनि आफ्नो पार्टीले सहयोग नगर्ने भन्दै उनले राष्ट्रिय सभामा अध्यादेश पास नहुँने ठोकुवा गरे । पछिल्लो समय आफ्नो पार्टी जनताको बीचमा रहेकाले सरकार बनाउने र ढाल्ने विषयमा कुनै चासो छैन,‘उनले भने,’ ‘सरकारले गरेका गलत कामको विरोध गर्न भने सकैले रोक्दैन ।’
यो सरकार अप्राकृतिक गठबन्धनबाट बनेको हुँनाले सुशासान ल्याउने भन्दा सुशासन भत्काउन तिर लागि परेको भन्दै अध्यक्ष प्रचण्डले यो भ्रष्टहरुको सरकार भएको आरोप लगाए ।
प्रचण्ड पार्टी प्रशिक्षणको लागि सुर्खेत आइपुगेका हुन् उनि आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।
विवशकुमार सेवुवाल । २९ माघ २०८१, मंगलवार १३:४२