तत्कालिन सदस्य–सचिव संज्याललाई माओवादी केन्द्र कर्णाली प्रदेशको सम्मान

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले कर्णाली प्रदेश खेलकुद विकास परिषदका तत्कालिन सदस्य सचिव विश्वामित्र संज्याललाई सम्मान गरेको छ ।

कर्णाली प्रदेशको खेलकुद पूर्वाधार र खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै माओवादी केन्द्र कर्णाली प्रदेशले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट मंगलवार सम्मान गरेको थियो ।

उक्त सम्मान कार्यक्रममा खेलकुद विकास परिषदका वोर्ड सदस्य टक्क बहादुर शाही ‘आजीवन’ र हेमा खड्कालाई समेत सम्मान गरिएको थियो ।

तत्कालिन नेकपा नेतृत्वको कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको मन्त्री परिषदबाट कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिव पदमा संज्याल र वोर्ड सदस्य पदमा शाही र खड्का नियुक्त भएका थिए ।

सदस्य–सचिव संज्यालको नेतृत्वमा प्रदेश गौरब अयोजनाको रुपमा रहेको कर्णाली प्रादेशिक रंगशालाको काम ९९ प्रतिशत सम्पन्न भइसकेको छ । १ प्रतिशत काम बाँकी रहदा नै आफ्नो ४ बर्षे काल सकाई सदस्य–सचिव संज्याल र अन्य खेलकुदका पदाधिकारीहरु ०८१ पौष ५ कर्णाली प्रदेश खेलकुद विकास परिषदबाट बाहिरिएका थिए ।