यी हुन् ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने कर्णाली प्रदेशका स्थानीय तह

सुर्खेत । माओवादी जनयुद्धको दिवसको अबसरमा कर्णालीका तीन स्थानीय तहले सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

सार्वजनिक विदा दिने स्थानीय तहहरुमा जुम्लाको सिंजा गाउँपालिका, रुकुमपश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाताँ गाउँपालिकाले (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

यस्तै कालिकोटको महावै गाउँ पालिका,शुभकालिका गाउँपालिका र रास्कोट नगरपालिकाले भने जनयुद्ध दिवसको अबसरमा विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । उक्त जनयुद्ध दिवसको अबसरमा विभिन्न राजनिति दल, बौद्धिक व्यक्तित्व सबैलाई शुभकामना आदान प्रदानका गर्न उपस्थितिका लागि अनुरोध गरेको छ ।

कर्णालीका ७९ ओटा स्थानीय तहमा पाँच नगरपालिका प्रमुख, १८ गाउँपालिका अध्यक्ष, ६ नगरपालिका उपप्रमुख, २१ गाउँपालिका उपाध्यक्ष, दुई सय २१ वडाध्यक्ष, दुई सय १५ महिला सदस्य, दुई सय २२ दलित महिला सदस्य, चार सय १५ वडासदस्य गरी कूल एक हजार एक सय २३ जना निर्वाचित भएका छन् ।