दुनियाँले आफुले माया गर्नेको नाममा सुम्पेको यो प्रणय दिवसको शुभकामना दिदै गर्दा मलाई पनी केही शब्द कोर्न मन लाग्यो । तिम्रो त्योे प्यारो, पवित्र, निश्चल, अविनाशी, अनन्त प्रेमको कसरी परिभाषित गरौ ।
प्रणय दिवसलाई हरकोहीले कसरी मनाउने गरेका छन् ? त्यो मलाई थाहा भएन । म यो दिन मेरो जीवनको पहिलो प्रेम तिमीलाई सुम्पिन चाहन्छु । मेरो जीवनलाई यो सुन्दर धर्तीमा स्पर्श गराउनेका लागि व्यतीत गर्न चाहन्छु । यो सुन्दर धूलो माटोमा खेल्दै लड्दै फेरि उठ्दै हुर्कन सिकाउनेलाई आभास गराउन चाहन्छु । म यो प्रणय दिवस त्यो सुन्दर नारीलाई सुम्पिन्छु । जसले मलाई यो सुन्दर संसारमा आँखा खोल्ने अवसर दिइन् ।
हरेक भेषमा देख्छु म तिमीलाई , कहिले हिटलर झै कडा बन्यौ त कहिले नौनी झै कोमल , कसैको वास्ता नगरी अटल विश्वास र भरोसाको खम्बा बनेर मलाई कति पनि हतोत्साहित हुन दिदैनौं । हरेक परिस्थितिलाई राम्रो स्थितिमा परिवर्तन गर्ने तिम्रो महिमा अपरम्पार छ । चिन्ता लाग्छ तिमीलाई सम्झिन्छु , डर लाग्छ तिमीलाई सम्झिन्छु , कमजोर हुन्छु तिमीलाई सम्झिन्छु , थाक्छु तिमीलाई सम्झिन्छु , रुन्छु तिमीलाई नै सम्झिन्छु । थाहा थिएन आमा बढ्दो उमेर सँगै यती धेरै पिडा मिल्छ भन्ने न डाको छोडेर रुन नै सकिन्छ न त दिल खोलेर हास्न नै । मैले आँखा झिम्काएर जा आँखा खोन्ल्छु त्यहाँ मेरी आमा भैदिउन जस्तो लाग्छ । आखिर पैसा नै त रहेछ सबथोक भएको एउटा तिमीसँग पनी साथमा बस्न पाउदनि । तिमीले गरेको मायाको कुनै नाप छैन । मेरो गन्तव्य त्यही सम्म छ जहाँ फर्केर हेर्दा सबैभन्दा पहिला तिम्रो मुस्कान देख्न पाँउ ।
कति पीडा सहेर बसेकी छौं होला त्यो मैले महसुस गर्दा पनी गार्हो भएर आउँछ । त्यो पाको हुँदै गएको शरीर । गल्दै गएका हात गोडा , छोरीको बढ्दो उमेर सँगै असफलताले कती पिरोल्छ होला । जस्तो सुकै दुःखमा नी साथ छोडिनौ । अनि सुख र खुसीमा आफू सामेल नभई पर बाट खुसी हुने यस्तो त्याग र बलिदान समर्पण कहाँ पाइन्छ मेरी आमा ! यदि कोई छ भने त्यो केवल तिमी मात्र हो । रुवाईको कारण जे सुकै होस आशुले सधै तिमीलाई नै खोज्छ ।
जीवनका जाली झेलीसँग ठोक्किएर टुट्न खोज्दा तिम्रो एक आवाजले मलाई जोडीबस्छ , कहीलेकाही फेर्न सम्म मन नलाग्ने यो साससँग थाकेर लड्न खोज्दा तिम्रो मुहारको एक मुस्कानले मलाई जिउने साहश जगाउँछ । तिमी मेरो एकहोरो विश्वासको पात्र हौ दिशाहिन भएर जब म कमजोर हुन्छु सोच्छु अब त हात जोड्छु कसैको सामु तिम्रो आशिषले मेरो शिर झुक्न दिदैन आमा विश्वास छ मेरो हर कदमको सहयात्रा अनी तिम्रो साथ हुनेछ । तिमी साथमा भयौ भने जस्तो सुकै कठिन परिस्थितीलाई पनी सजिलै सँग सामना गर्न सक्छु । सबैका छोरा छोरी कमाउने भए मेरो छोरीले केही गर्न सकीन भनेर मन सानो नबनाउ है सासले साथ दियो भने मेरो पसिना बेचेर भएपनी तिम्रो खुसि किन्ने छु । यती भन्छु मेरो भागमा परेको अनी सँसारको सबै खुसी मिलोस मेरी आमालाई । जती समय हिजो मेरो जिन्दगी बनाउनलाई खर्चियौ त्यती नै समय लगाई बाकी तिम्रो जिन्दगी सुन्दर अनी सुखी बनाउन मन छ ।
ढिलो चाडो त होला तिमी बस धैर्य गर । म सफल हुन केही समय लाग्ला जस्तो छ , तिमी नआतिनु है , जिन्दगीमा मेरा रहरहरु छुटोस बरु केही छैन दुख सुखमा परिणत नहुन्जेल सम्म मेहनत गरि राख्ने छु । बस तिम्रो लागी उदेश्य यती मात्र लिनु छ आमा पिडा लुकाउदा लुकाउदै हास्न बिर्सेको तिम्रो त्यो पेनफुल जिन्दगीलाई म विउटीफुल बनाउन सकु , बर्षाैदेखि तिम्रा ति मनमा लुकेका सम्पूर्ण चाहनालाई म पुरा गर्न सकु , असफलतामा साथ देउ सफलताको हकदार तिमीलाई बनाउन सकु , जीवनका खाली पानाहरूमा अनगिन्ती प्रेम स्नेह सदभावले भरिदिने , सपना देखेकै भरमा बिरामी भएको थाहा पाउने मेरो आमालाई सपना मा गएरै सबैथोक सम्हालेको महसुस् गराउन पाउ ढल्किदै गरेको उमेरले सन्तान को माया र सँरक्षण पाएको सधैं महसुस् गराउन पाउ, मेरो पहीलो प्रेम प्रति उच्च सम्मान गर्दे जती शब्द कोरे पनी तिम्रो वर्णन गरेर म कहिले थाक्दिन लेखिएको शब्द भन्दा धेरै माया मिठो सम्झना ।
भगवती शाही । २ फाल्गुन २०८१, शुक्रबार २१:५६