सुर्खेत । मानवअधिकार तथा शान्ति समाज सुर्खेत शाखाले शनिवार सामाजिक संजाल प्रयोग तथा नियमन गर्ने सम्वन्धि वनेको विधेयकका वारेमा नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको उक्त कार्यक्रममा शान्ति समाजका केन्द्रीय महासचिव प्रकाश शाहीले संस्थाको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकार, उधोग व्यवसायी, शिक्षक, नागरिक समाज, राजनिति दलका प्रतिनिधिहरुको सहभागिता रहेको शान्ति समाज सुर्खेत शाखाका सभापति दिपक गौतमले जानकारी दिए ।
सम्वाद कार्यक्रममा करिव ४२ जनाको सहभागि रहेको थियो उक्त कार्यक्रममा सहभागिहरुले विधेयक माथि आफ्नो धारणा राख्ने क्रममा अधिकांसले विधेयकमा रहेका केहि प्रावधानहरु अभिव्यक्ति स्वतन्त्रता विरुद्व रहेको बताएका थिए ।
शान्ति समाज सुर्खेतले सामाजिक संजाल विधेयक विरुद्व गरेको कार्यक्रमलाई विभिन्न संघ संस्थाहरुले एक्यवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेलले सामाजिक संजालको नियमन वैज्ञानिक तरिकाले हुनुपर्नेमा अहिलेको सरकारले निरंकुस तवरले नियन्त्रण गर्न खोज्नु राम्रो नभएको बताए ।
‘सामाजिक संजाल मार्फत समाजमा विकृति ल्याउने राजनितिक दलका कार्यकर्ता हुन्,’ ‘ प्याव्सन सुर्खेतका सचिव प्रकाश खत्रिले भने,‘सरकारले नियमन राजनितिक दलका कार्यकर्तालाई गर्न छाडेर विधेयक मार्फत आम जनताको अधिकार माथि प्रहार गरेको छ ।’
समाजका केन्द्रिय महासचिव प्रकाश शाहीले सामाजिक संजाल प्रयोग तथा नियमन गर्न वनेको विधेयक मानव अधिकारमैत्री एवं प्रयोगकर्तामैत्री नभएका कारण विरोधमा उत्रीनुपरेको वताउदै उनले मानवअधिकार तथा शान्ति समाजले केन्द्र देखी जिल्ला जिल्लामा धर्ना प्रदर्शन, नागरिक सम्वाद, ध्यानाकर्षण, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र प्रधानमन्त्रीलाई वुझाउने कार्य जारी रहेको वताए ।
कार्यक्रममा शान्ति समाज सर्खेतका सभापति दिपक गौतमले संस्थाले संचालन गरेको सामाजिक संजाल विरुद्धका कार्यक्रममा साथ दिन सबैलाई आग्रह गर्दै नागरिकका अधिकारका लागि संस्था संधै लागिरहने बताए
झिल्को खबर । ४ फाल्गुन २०८१, आईतवार १०:०३