काँग्रेस अधिवेशन तोकिएकै समयमा हुन्छः महामन्त्री थापा

सुर्खेत । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको अधिवेशन तोकिएकै समयमा हुने वताएका छन् । शनिबार सल्यान जाने क्रममा महामन्त्री थापाले सल्यान सल्लीबजारमा आयोजित स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

महामन्त्री थापाले नेपाली कांग्रेस देशकै ठुलो दल भएको र संंसदमा समेत प्रमुख भूमिका निर्वाह गरिरहेको बताउदै अहिलेको अबस्थामा काम गर्न नसकेको भनेर अरुलाई दोस दिन नमिल्ने बताए ।

सबै राजनिति दलहरुसँग सहकार्य गरी कांग्रेस अगाडी बढ्ने योजनामा रहेकाले अन्य राजनितिदलहरुसँग मित्रता कायम गर्न तयार रहेको स्पष्ट पारे । अहिले आफ्नो पार्टी सरकारमा भएकाले आफ्नो पार्टी विरुद्ध फैलिएको नराम्रो भ्रम चिर्न सबै केन्द्रित हुनुपर्ने बताए ।