माओवादीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने

सुर्खेत । प्रमुख प्रतिपक्षी दल माओवादीले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने दाबी गरेको छ । माओवादीले जितेका पालिकाबाट समाजवादको अभ्यास थाल्ने गरी राजधानीमा शनिबार ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’ कार्यक्रम सुरु भएको छ ।

कार्यक्रममा माओवादीले जितेका १२३ पालिका प्रमुख÷अध्यक्ष र १३४ उपप्रमुख÷उपाध्यक्ष, सम्बधित पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज÷अध्यक्षहरूको सहभागिता छ । अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताए । माओवादीले जितेका पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छ भनेर चिनिने हुनुपर्नेमा उनले जोड दिए ।

‘समाजवादको निर्माण स्थानीय विशेषताअनुसार गर्ने सैद्धान्तिक कुरा विगतमा ग¥यौँ । अहिले सैद्धान्तिकभन्दा व्यावहारिक रूपले तपाईंहरूले नेतृत्व गरिरहेका स्थानीय तहबाट आफ्नो विशेषताको योजनाबद्ध अध्ययनसँगै त्यहाँ भएका साधनस्रोतको अधिकतम र मौलिक सदुपयोग गर्दै अगाडि जाने र हाम्रा पालिकाले गर्न लागेका काम चाहे त्यो स्थानीय स्रोतबाट बनाउने सानातिना उद्योगसँग सम्बन्धित होस्, चाहे शिक्षा र स्वास्थ्यमा लिने विशेष खालको पहलकदमी होस् वा अन्त्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने मौलिक तरिकाको खोजी गरेर त्यसलाई व्यवहारमा लागू गर्ने कार्यबाट मानिसहरूले टाढैबाट चिनोस्– यो माओवादीले नेतृत्व गरेको पालिका रहेछ,’ प्रचण्डले भने ।

स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्ने वेला आएको उनले औँल्याए । समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको उल्लेख गर्दै सोहीअनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने उनले बताए । पार्टीले आठौँ महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माणको मर्मअनुसार माओवादीले नेतृत्व गरेका कैयौँ स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिँदै आएको उनले दाबी गरे । स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

माओवादीले समाजवादतर्फको यात्रा सुरु नगरे कुनै न कुनै रूपले देश दुर्घटनामा जाने खतरा उनले औँल्याए । ‘अब विकास विदेशीको नक्कल गरेर होइन, आफ्नै विशेषतामा अघि बढाउनुपर्छ । आउने पिँढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको छ,’ उनले भने । प्रचण्डले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिँदै गर्दा जनतामा गरिएको अपिलले सकारात्मक प्रभाव पर्दै गएको र माओवादीप्रति पुनः आकर्षण फर्कन थालेको दाबी गरे । देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने वेला आएको उनले बताए । प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकारको प्रस्तुति दिनप्रतिदिन कमजोर बन्दै गएको दाबी पनि गरे ।

माओवादीले नेतृत्व गरेको पालिका रहेछ भनेर मानिसहरूले टाढैबाट चिनून्ः प्रचण्ड

समाजवादको निर्माण स्थानीय विशेषताअनुसार गर्ने सैद्धान्तिक कुरा विगतमा ग¥यौँ । अहिले सैद्धान्तिकभन्दा व्यावहारिक रूपले तपाईंहरूले नेतृत्व गरिरहेका स्थानीय तहबाट आफ्नो विशेषताको योजनाबद्ध अध्ययनसँगै त्यहाँ भएका साधनस्रोतको अधिकतम र मौलिक सदुपयोग गर्दै अगाडि जाने र हाम्रा पालिकाले गर्न लागेका काम चाहे त्यो स्थानीय स्रोतबाट बनाउने सानातिना उद्योगसँग सम्बन्धित होस्, चाहे शिक्षा र स्वास्थ्यमा लिने विशेष खालको पहलकदमी होस् वा अन्त्य उत्पादन र उत्पादकत्व वृद्धि गर्ने मौलिक तरिकाको खोजी गरेर त्यसलाई व्यवहारमा लागू गर्ने कार्यबाट मानिसहरूले टाढैबाट चिनोस्– यो माओवादीले नेतृत्व गरेको पालिका रहेछ ।