जाजकोटको नलगाडमा सुख्खा पहीरो खस्दा चार जना घाइते

सुर्खेत । जाजरकोटको नलगाडमा सुख्खा पहीरो जाँदा चार जना महीला घाइते भएकी छन् । नलगाड नगरपालीका १० घ्यारगाउँ स्थति खानेपानीको लागी गिट्टिी कुट्ने क्रममा एक्कासी सडक माथिबाट खसेको सुख्खा पहीरोले पुर्दा गिट्टी कुट्दै गरेका चार जना महीला घाइते भएकी हुन् ।

घाइते हुनेहरुमा नलगाड नगरपालीका –१० ध्यारगाउँ बस्ने ५० क कलधरी नेपाली, सोही ठाउँ बस्ने ४५ की डम्मरी कुमारी बोहरा, वर्ष ४५ कै लाल सरी नेपाली र वर्ष ३० की कमला विक रहेकी छन् ।

आइतबार बिहान घर नजिक्रै गिट्टि कुट्ने क्रममा सडक माथिबाट खसेको सुख्खा पिहीरोमा परेर उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागी नगर अस्पताल दल्लीमा पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।