
सुर्खेत । मुगु रारा ताल किनारमा रहेको होटल डाँफेमा आगलागी भएको छ ।
भान्छामा रहेको ग्याँसबाट आगो सल्किएर आगलागी भएको मुगु जिल्ला प्रहरी प्रमुख प्र.ना.उ.सरोज गिरीले झिल्को खबरलाई जानकारी दिए ।
प्रहरी प्रमुख गिरीका अनुसार आगलागी भएर होटल पूर्णरुपमा क्षति भएको छ भने मानवीय क्षति भने केहि भएको छैन ।
‘अहिले प्रमुख जिल्ला अधिकारी सहितको टोलि आगलागी भएको स्थानमा पुग्दैछौ के कति क्षेति भएको छ विस्तृत जानकारी पछि आउला अहिलेसम्म होटल पूर्णरुपमा जलेर नष्ठ भएको भन्ने छ,’प्र.ना.उ. सरोज गरिीले भने,‘अरु क्षतिको विवरण पछि भनौला ।’
उक्त होटल पूर्व सांसद गोपाल बमले संचालन गर्दै आएका थिए ।
झिल्को खबर । १५ फाल्गुन २०८१, बिहीबार १०:०७