भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसँग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलवस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरुको पर्यटन प्रवद्र्धनका लागि आयोजित ‘बुद्ध ज्ञान साइकल यात्रा’सुभारम्भ भएको छ ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठलगायतले भैरहवाको बुद्धचोकस्थित लुम्बिनी गेटबाट नेपाल भारतको झण्डा फहराएर साइृकल यात्राको सुभारम्भ गराएका थिए ।
दुई दिने यात्रामा सबैभन्दा कम उमेरका बालक ८ वर्षीय किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी छन् । त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीय बिस्हु दिमन सहभागी छन् । यात्रामा विश्व साइकल यात्री पुस्कर शाहसहित नेपाल , भारत र जर्मनका एक सय ३० साइकल यात्री सहभागी छन् ।
साइकल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने ‘बुद्ध ज्ञान साइकल यात्रा’ लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सुर्य कुमार सारु मगरले बताए ।साइकल यात्रमा सहभागीता जनाउन नेपाल भारतलगायत विभिन्न स्थानबाट एक सय ३० साइकल यात्री बिहीबार भैरहवा आइपुगेका थिए । उनीहरुलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो ।
झिल्को खबर । १६ फाल्गुन २०८१, शुक्रबार ११:३४