देउवा र शेखर पक्षका विद्यार्थी कार्यकर्ताबीच कुटाकुट, दुई जना घाइते

नेपाली कांग्रेस पार्टीभित्रका दुई गुटका विद्यार्थी नेता, कार्यकर्ताबिच कुटाकुट भएको छ ।
मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको दुई पक्षबीच कुटाकुट हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।

सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्ष विद्यार्थीबीच झडप भएको हो ।

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो ।

इतर समूहले संस्थापन समूहसँग बराबरी भाग खोजेपछि झडप भएको बताइएको छ ।