सांसद विष्टको खेलकुदमन्त्रीलाई प्रश्नः राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ?

सुर्खेत । नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर बिष्टले दशौं राष्ट्रिय खेलकुदबारे किन अलमल भएको भनेर सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले आगामी चैत २३ गतेबाट दशौं राष्ट्रिय खेलकुद हुन्छ भनिएको स्मरण गरे ।

‘चैत २३ गते भन्ने थियो, फेरि जेठ २३ गते भनिएको छ’ उनले भने ।

कर्णाली प्रदेशमा हुन लागेको १० औं राष्ट्रिय खेलकुदबारे अन्योलता रहेको भन्दै उनले यस्तो अन्योलताले कर्णालीबासी र खेलाडीहरूमाथि अन्याय भएको बताए ।

समयमै खेल नहुने र फेरि पनि जेठ २३ गते खेलकुद हुन्छ भन्ने अनिश्चित रहेको दोहो¥याउँदै उनले युवातथा खुलकुदमन्त्रीको प्रतिवद्धता स्मरण गरे ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दुई वटा संसदीय समितिमो बैठकमा उपस्थित भएर चैत २३ गते नै खेलकुद हुने प्रतिवद्धता जनाएको बताए ।

‘त्यो प्रतिवद्धतालाई उहाँ (खेलकुदमन्त्री)ले उल्लंघन गर्नुभएको छ’ उनले भने, ‘म मन्त्रीलाई सदनमा आएर जेठ २३ गते राष्ट्रिय खेलकुद कर्णालीमा हुन्छ कि हुँदैन ? जवाफको माग गर्दछु ।’