सुर्खेत । नेकपा (माओवादी केन्द्र)का प्रभावसाली युवा नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले देशमा भएको परिवर्तन महान जनयुद्वका शहिदहरुको बलिदानले मात्र सम्भव भएको बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) कालिकोट पचालझरना गाउँपालिकाले आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै नेता शाहीले यस्तो बताएका हुन् । उनले नेपालमा ०५२ सालभन्दा अघि धेरै उत्पीडन रहेको भन्दै जब जनयुद्व सुरु भयो त्यो भन्दा पछि ती उत्पीडनको अन्त्य भएको बताए ।
‘देशको राष्ट्रियताको रक्षाको लागि हामिहरु आन्दोलनमा होमिएको हौं । सँगैका सहयात्री कोहि शहिद भए कोहि वेपत्ता भए आज हामि जीवित रहेकाहरु महान शहिद र वेपत्ता योद्धाहरुका सपनाहरु पुरा गर्ने यात्रामा छौ,’नेता शाहीले भने,‘हामिले जनयुद्वमा बलिदान गर्ने शहिदलाई विर्सिएका छैनौ त्यसैले आज शहिद र वेपत्ता योद्धाहरुका परिवारलाई सम्मान गरेका हौ ।’
शहिद परिवार र युवाहरुले आजको यो परिस्थितिमा खोजेको परिवर्तन माओवादी पार्टीले मात्र बुझेको भन्दै नेता शाहीले शहिद परिवार र युवाहरुको अपेक्षालाई निरास हुँन नदिए प्रतिवद्धता गरे । शहिद परिवारका आशा, अपेक्षा पुरा हुँन नसकेको भन्दै उनले यसकै लागि पनि अहिलेको राज्यसत्तासँग माओवादी पार्टी लडिरहेको स्पष्ट पारे ।
माओवादी पार्टी जति पटक सत्तामा गयो, उति पटक भित्र लडाई लडिहेको स्मरण गर्दै नेता शाहीले माओवादी पार्टीको एकल बहुमत नभएका कारण आफु अनुकुल कानुन बनाउन नसकेको स्वीकार गर्दै शहिदका सपनाहरु अझै पुरा गर्न बाँकी रहेको बताए ।
‘सत्तामा जाँदा आफु अनुकुल परिस्थिति नहुँदा नहुँदै पनि राज्यसत्ता सँग लडाइ गरेर जनयुद्वमा बलिदान गर्ने महान शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गर्यौ शहिद परिवारको लागि छुट्टै निति बनायौ,’उनले भने,‘म मुख्यमन्त्री हुँदा अरु बलियो पार्टी हुँदा पनि हामिले कानुनी रुपमा शहिद परिवारको लागि राहतको घोषणा ग¥यौ । यसमा काँग्रेस र एमालेले मानेका थिएनन् ।’
माओवादी पार्टीले जनताको बीचमा जाने अभियान लचाएको भन्दै नेता शाहीले युवाहरुसँग भेटघाट गर्ने र जनताको आकांक्षा अनुसार ०८४ मा सबै भन्दा ठुलो पार्टी भएर आउने बताए ।
झिल्को खबर । १९ फाल्गुन २०८१, सोमबार २२:३२