सुर्खेत । कालिकोट रास्कोट नगरपालिकाले नगरपालिका भित्रका शहिद, वेपत्ता परिवार तथा घाइतेहरुको उपचारको लागि एक लाख बराबरको स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।
मंगलवार नगपरपालिकामा आयोजित शहिद, वेपत्ता परिवार तथा घाइतेहरुलाई सम्मान कार्यक्रमको अबसरमा नगरपालिकाले यस्तो घोषणा गरेको हो ।
नगरपालिकाले एक लाख बराबरको स्वास्थ्य बीमा बापतको रकम सरकारले तिरिदिने र सुविधा शहिद,वेपत्ता परिवार र घाइतेहरुले लिने गरी स्वास्थ्य बीमा गराएको नगर प्रमुख धर्मराज शाही‘पोषण’ले जानकारी दिए ।
कालिकोट रास्कोट नेकपा (माओवादी केन्द्र)ले जितेको नगरपालिका हो ।
झिल्को खबर । २० फाल्गुन २०८१, मंगलवार १५:५२