सुर्खेत । कालिकोट पचालझरना गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी रुपान्तरण अभियान संचालन गरेको छ ।
पछिल्लो समय पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तराई मधेश अभियानमा निरन्तर लागिरहेका बेला यता कालिकोट पचालझरना गाउँपालिकामा पनि नेकपा (माओवादी केन्द्र)ले जनतासँग रुपान्तरण अभियान संचालन गरेको हो ।
अभियानले जनता र माओवादी पार्टीको भावनात्मक सम्बन्धलाई बलियो बनाउने र माओवादी पार्टीको जनताको विश्वास झन बढ्दै जाने अपेक्षा लिएको माओवादी केन्द्र पचालझरनाले जनाएको छ ।
बुधवार गाउँपालिकाको वडा नं. ३ खार्दुमा पुगेको अभियान टोलिले वडा नं. ३ का अध्यक्ष दिलिप र शहिद परिवारहरुसँग भेटघाट गर्नुका साथै जन भेला कार्यक्रमको समेत आयोजना गरेको थियो । वडा अध्यक्ष दिलिपले घाइते अवस्थामामै वडाको नेतृत्व समालिरहेका छन् । जनभेला कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज शाही‘अग्नी’ गाउँपालिका पूर्व उपाध्यक्ष एवं पार्टी प्रदेश कमिटीकी सचिवालय सदस्य तारा न्यौपाने, नेकपा (माओवादी केन्द्र) पचालझरना गाउँपालिका अध्यक्ष गौरी संज्याल लगायतको उपस्थिति रहेको थियो ।
अभियान गाउँपालिकाका ९ वटै वडा र टोल टोलसम्म संचालन गरिने नेकपा (माओवादी केन्द्र) पचालझरनाले जानकारी दिएको छ ।
झिल्को खबर । २१ फाल्गुन २०८१, बुधबार २०:४७