बालेन शाहको पुख्र्यौली घरमा पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पुख्र्यौली घरमा पुगेका छन्।

बिहीबार प्रचण्ड महोत्तरीस्थित उक्त घरमा पुगेको उनको सचिवालयले जनाएको छ।

माओवादीले तराई–मधेस जागरण अभियान सञ्चालन गरिरहेको छ। सो क्रममा महोत्तरीमा आयोजित कार्यक्रम मेयर शाहको पुख्र्यौली घरमा भएको छ।

मेयर शाहको पुख्र्यौली घर भाडामा लिएर एकडारा गाउँपालिका कार्यालय राखिएको छ।

यस घरमा मेयर शाहका परिवार बस्दैनन्। मेयर शाहको काठमाडौंस्थित सिनामंगल क्षेत्रमा घर छ।