‘कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ढुक्क हुनुहोस् काँग्रेस,एमालेको सरकार ढल्दैन’

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलाीले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार नढल्ने भन्दै ढुक्क हुन आग्रह गरेका छन् ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पाचौं अधिवेशनको चौधौं बैठकलाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘अहिलेको सरकार देशका सबैभन्दा ठुला दुइटा पार्टी मिलेर बनेको सरकार हो । नेपाली काँग्रेस र नेकपा एमालेसँग लकभक बहुमत छ,’सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने,‘देश बचाउनको लागि बनेको सरकार भएकाले ०८४ सम्म तपाइहरु ढुक्क हुनुहोस् सरकार केहि पनि हुन्न ।’

राष्ट्रियतालाई भाजो हाल्नको लागि बजारमा अनेक हल्ला चलाइएको भन्दै प्रधानमन्त्री ओलीले त्यसको पछि नलाग्न आग्रह गरे । पछिल्लो समय सरकारको धेरै आलोचना बढेको भन्दै उनले सामाजिक संजाल हेरी नसक्नु भएको दुखेसो पोखे ।

माओवादी केन्द्रलाई इंगित गर्दै प्रधानमन्त्री ओलीले जनताबाट अनुमोदन नभएकाहरुलाई सरकारको जिम्मेवारी दिदा कहाँ पुग्ने,कता जाने,गन्तव्यहिनताको बाटो तय भएको आरोप लगाए ।

कर्णाली प्रदेशको विकासका लागि प्रतिवद्धता भन्दा संघीय सरकारले गरेका कामको बारेका बढि बोलेका प्रधानमन्त्री ओलीले आफ्नो फ्लाइट समय भएको भन्दै अन्तिममा कर्णाली विकासको लागि आफु सँधै साथमा रहेको बताए । यो प्रदेशको विकासको लागि संघीय सरकार साथमा छ,’प्रधानमन्त्री ओलीले भने,‘मैले यो भुगोल चिनेको छु । हरेक जिल्लामा पुगेको छु । गाउँमा गएर हेरेको मात्र छैन समस्या पनि टिपेको छु । अहिलेको सरकारलाई दिल खोलेर साथ हुनेछ ।’