सुर्खेत विमानस्थलमा यती एयरलाइन्सको परीक्षण सफल

सुर्खेत ।  यती एयरलाइन्सको सुर्खेत विमानस्थलमा परीक्षण उडान सफल भएको छ । वायुसेवा कम्पनी यती एयरलाइन्सले कर्णालीमा सेवा विस्तारका लागि काठमाडौं–सुर्खेत उडान गर्न शनिबार परीक्षण उडान गरेको हो। एयरलाइन्सका अनुसार उडान परीक्षणका लागि ७२ सिटे एन नाइन एएमएन कलसाइन भएको जहाजले नेपालगन्ज–सुर्खेत र सुर्खेत–नेपालगन्ज उडान उडान भरेको थियो।

परीक्षण उडानका लागि शनिबार बिहान १२ः१७ बजेको समयमा यतीको विमान सुर्खेत विमानस्थलमा अवतरण गरेको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए।

यस्तै, प्रवक्ता बर्तौलाले दुई–तीन दिनमा परीक्षण उडानको रिर्पोट आएपछि रिर्पोटको आधारमा उडान थाल्ने एयरलाइन्सको तयारी रहेको बताए। उनका अनुसार सुर्खेत विमानस्थललाई वैकिल्पिक विमानका रुपमा प्रयोग गर्ने र निकट भविष्यमा नियमित उडान गर्ने उदेश्यले परीक्षण उडान सम्पन्न गरेको छ।

यस्तै, यती एयरलाइन्सले आजै धनगढी विमानस्थलमा पनि परीक्षण उडान गरेको छ।