राप्रपाले बुझायो काठमाडौं महानगरलाई एक लाख जरिवाना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ।

पूर्वराजाको स्वागतका क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटनजिक, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रमा भौतिक क्षति पुग्नुका साथै जथाभाबी फोहोर गरिएको भन्दै काठमाडौं महानगरले राप्रपालाई जरिवाना गरेको थियो।

राप्रपाका प्रवक्तासमेत रहेका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीलगायतले सोमबार काठमाडौं महानगर पुगेर जरिवाना बुझाएका हुन्।

‘ज्ञानेन्द्र शाहीलगायत आएर जरिवाना बुझाएर जानुभएको छ,’ काठमाडौं महानगरका नगर प्रहरी प्रशासन प्रमुख धर्म भण्डारीले जानकारी दिए ।

पूर्वराजाको स्वागतमा सहभागी व्यक्तिहरूबाट सार्वजनिक क्षेत्रका सडक, सडकपेटी, आइल्यान्ड र त्यहाँ रहेका विरूवाका साथै रेलिङहरूमा भौतिक क्षति पुगेको र जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेको महानगरको भनाइ थियो।

राप्रपाले पूर्वराजाको स्वागतका लागि पूर्वनिर्धारित आमसभा नै स्थगित गरेको थियो