
काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको छ ।
कर्णालीले दिएको १ सय ९० रनको लक्ष्य एपीएफले ५ विकेट गुमाएर ६४ बलअघि भेटायो । एपीएफका दीपक बोहराले नटआउट ७० रन बनाए । कर्णालीका दीपेन्द्र रावत र दिवान पुनले २÷२ विकेट लिए ।
यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा १ सय ८९ रन बनाउँदा अलआउट भयो । कर्णालीका सुनिल धमालले सबैभन्दा धेरै ४७ रन बनाए । एपीएफका अभिषेक गौतमले ४ विकेट लिए । प्रतियोगितामा एपीएफको यो चार खेलमा तेस्रो जीत हो भने कर्णालीको चार खेलमा तेस्रो हार हो ।
झिल्को खबर । ३ चैत्र २०८१, आईतवार २०:५८