राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजतन्त्र फर्काउने ‘नाटक मञ्चन’ नगर्न राजावादीहरूलाई आग्रह गर्नुभएको छ ।

आज काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्र फर्काउने मुर्खता गर्दा त्यसको ठूलो मूल्य चुकाउनुपर्ने जिकिर गर्नुभयो । फेरि अर्को मुर्खता नगर्न समेत उहाँले चेतावनी दिनुभयो । जानाजान अर्काे मुर्खता भए त्यसले निकै ठूलो मूल्य चुकाउनुपर्ने प्रचण्डको भनाई थियो ।

अहिले सुरु भएको डिबेटले जनतालाई अझै चेतनशील बनाउने अवसर हुनसक्ने बताउँदै प्रचण्डले राजतन्त्र पुर्नस्थापना असम्भव भएपनि यसले बहस अघि बढाउन सहज बनाउने बताउनुभयो ।