
सुर्खेत । अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल विद्युत् प्राधिकरणका अवकाशप्राप्त सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शनिबार उनलाई काठमाडौंको बनस्थलीबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेकोमा सर्वाेच्च अदालतले गत १२ मंसिरमा उनलाई दोषी ठहर गरी ६ महिना कैद र दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवानाको फैसला गरेको थियो। सो फैसला कार्यान्वयनका लागि उप्रेतीलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा उनी डिल्लीबजार जेल चलान भएको सिआइबीका प्रवक्ता एसपी सुधीरराज शाहीले बताए ।
झिल्को खबर । ११ चैत्र २०८१, सोमबार १६:३७