
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीले सरकारलाई अल्झाउन खोजे पनि आफू अल्झिन तयार नभएको र आफ्नो काममा केन्द्रित रहेको बताउनु भएको छ ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पर्ने संकल्प सफल पार्न नदिन केही मानिसहरू प्रयास गरिरहेका टिप्पणी गर्नुभएको छ ।
ललितपुरको कुपण्डोलमा आज आयोजित नेकपा एमाले निकट प्रगतिशील इन्जिनियरिङ एशोसिएसनको राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहमा उहाँले आफूले बोकेको संकल्प पूरा हुन नदिने प्रयास भइरहेको बताउनुभयो ।
सरकारको प्रयासलाई असफल पार्न विरोधीहरूले प्रयास गर्नु स्वाभाविक भए पनि संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो । प्रतिपक्षीहरू सत्यलाई ढाक्न र झुटो फैलाउन अत्यन्तै सक्रिय देखिएको उहाँले आरोप समेत लगाउनुभयो ।
झिल्को खबर । १२ चैत्र २०८१, मंगलवार २०:२०