
काठमाडौं । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।
जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कफ्र्यु लगाएको छ ।
तीनकुनेमा भेला भएका राजावादीहरूले शुक्रबार दिउँसोबाट उग्र प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
झिल्को खबर । १५ चैत्र २०८१, शुक्रबार १७:४५