गृहमन्त्रीद्वारा तीनकुने लगायत क्षेतिग्रस्त ठाउँको अनुगमन

सुर्खेत । गृहमन्त्री रमेश लेखक तीनकुने लगायत राजावादीले पु¥याएको क्षेतिग्रस्त ठाउँको अनुगमन गरेका छन् । राजावादीहरूले शुक्रबार काठमाडौंमा गरेको आन्दोलन हिंसात्मक हुँदा दुई युवाले अनाहकमा ज्यान गुमाएका छन् ।

प्रदर्शनकारीले निजी घर, व्यावसायिक भवन, दलका कार्यालयदेखि सवारीसाधनसम्ममा तोडफोड र आगजनी गरेका छन् । कतिपय ठाउँमा लुटपाट समेत गरेका थिए ।

आन्दोलनको भिडियो खिचिरहेको भवनमै प्रदर्शनकारीले आगो लगाउँदा रिपोर्टिङमा रहेका पत्रकार सुरेश रजकले ज्यान गुमाएका छन् भने प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ । यसैगरी आन्दोलनकारीले १४ ठाउँमा आगजनी, नौ ठाउँमा तोडफोड र एक ठाउँमा लुटपाट गरेका थिए ।

यसैगरी अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर टेलिभिजन, केएमसी अस्पताल सिनमंगल, सिनामंगलस्थित नेपाल प्रहरीको सिसिक्यामेरा, भत्केको पुलस्थित प्रहरी बिट, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा समेत तोडफोड भएको छ ।