पचालझरना गाउँपालिका अध्यक्ष शाही योजना अनगुमन गर्न गाउँ तिर

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले गाउँपालिकाको साझेदारीमा संचालन भइरहेका विभिन्न योजनाहरुको अनुगमन थालेका छन् ।

आइतवार प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम र गाउँपालिका भित्रका विभिन्न शाखा प्रमुख सहितको टोलि लिएर पालिकाको वडा नं. ७ र ८ मा गाउँपालिकाको साझेदारीमा संचालन भइरहेका योजनाको अनुगमन गरेका हुन् ।

गाउँपालिका र आइएनफ संस्थाको साझेदारीमा निर्माण भइरहेको सिँचाई कुलो, तरकारी खेती, ओखर र स्याउँका विरुवाहरुको आइतवार अनुगमन गरिएको गाउँपालिका अध्यक्ष देवराज शाहीले जनकारी दिए ।

गाउँपालिकाको वडा नं. ७ नानिकोट र वडा नं.८ को मयकोट र काँडागाउँमा संचालनमा रहेका खानेपानी, सिचाँई कुलो,नहर, तरकारी खेती, विभिन्न फलफुलका बुट्टाहरुको अनुगमन गरिएको छ । साथै उक्त अनुगमनका क्रममा समुहहरुसित अन्तरक्रिया गरिएको र आगामी आर्थिक बर्षमा स्थानीयको गुनासाहरुलाई सम्बोधन हुँने गरी गाउँपालिका सरकारले बजेट निर्माण गर्ने गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले जानकारी दिए ।

अनुगमनमा कृषि शाखा,भेट्नरी शाखा, रोजगार शाखा, उद्यम शाखा र प्राविधिक शाखाको समेत सहभागिता रहेको थियो ।

तरकारी खेतीको अनुगमन गर्दै प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बम सहितको टोलीः फोटो नेत्रराज बम
समुहसँग छलफल गर्दै गाउँपालिका अध्यक्ष देवराज शाही‘अग्नी
तरकारी खेतिको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ र गाउँपालिका भित्रका विभिन्न शाखाका प्रमुखहरु । फोटोः नेत्रराज बम