दुर्गेश थापाले गाए चलचित्र ‘कर्मा’को गीत

सुर्खेत । गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’को गीत गाएका छन् । सौरभ चौधरीको निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् ।

केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको भिडियो पनि खिचिएको छ । आइतबार गीतको भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुनेछ ।

दुर्गेशले पछिल्लो समय चलचित्रका लागि प्रोमोसनल सङ गाउन छोडेका छन् । उनको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरीलगायत फिचर्ड हुनेछन् । केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । ‘कर्मा’मा विपीन र उपासनासँगै कुमुन भुसाल, सरिता गिरी, दिब्यदेवलगायत कलाकारको अभिनय छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।