
सुर्खेत । सल्यानमा १५ वर्षीया किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । दार्मा गाउँपालिका निवासी ५१ वर्षीय ती पुरुषलाई शुक्रबार राति किशोरीमाथि बलात्कार प्रयास गरिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले पीडित किशोरीको परिवारले दिएको निवेदनका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीलाई हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । शनिवार र आइतवार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार मात्रै जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
झिल्को खबर । २४ चैत्र २०८१, आईतवार २०:५५