
सुर्खेत । कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका नेकपा एमालेका नेता गोकुल बास्कोटाले कर्णालीको सडक हेर्दा कर्णालीमा नेता नभएको बताएका छन् । उनी कर्णाली राजमार्ग सुर्खेत, दैलेख, कालिकोट हुँदै स्थलमार्गबाट जुम्ला थिए ।
कर्णाली राजमार्गको अबस्था नाजुक रहेको भन्दै नेता बास्कोटाले कर्णालीका नागरिकको कसरी समृद्धि हुन्छ भनेर प्रश्न गरेका छन् । सडक सञ्चालनमा आएको दशकौँ हुदा पनि सुधार स्तरबृद्धि नहुनु दुखद पक्ष भन्दै उनले यहाँको नेताको कार्यसम्पादन चित्तबुझ्दो नभएको आरोप लगाए भ्रमण गर्न हवाईबाट आउदा पनि हुन्थ्यो । तर माथिल्लो कर्णालीका नागरिकको जनजीवन र यहाँको अवस्था बुझ्नकै लागि भएपनि स्थलमार्ग भएर आएको उनले बताए ।
नेपालकै विशाल पर्यटकिय क्षेत्र मुगुको राराताल पुगेर फर्किने योजना रहेको भन्दै नेता बास्कोटाले कर्णालीमा समृद्धिको थुप्रै सम्भावनाहरु देखिए पनि काम हुन नसकेको स्थलगत भ्रमणका क्रममा अनुभुति बताए । तर कर्णालीका नेताहरुले कर्णाली विकासको लागि सक्रियरुपमा काम गर्न पनि सुझाव दिए
झिल्को खबर । २७ चैत्र २०८१, बुधबार ०८:५२