सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको छापा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ ।

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो ।

अख्तियार स्रोतका अनुसार कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौँ रुपैया राजस्व हिनामिना गरेको उजुरी परेको थियो ।
सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरू सहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ ।