एक बर्षको प्रगति सुनाउँदै मुख्यमन्त्री कँडेलेले भनेःआफ्नैले पनि राम्रो ग¥यो भन्ने दिन गए

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो एक बर्षे कार्याकालको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको ११ पृष्ठको प्रगति विरणलाई ३२ मिनेटको भिडियो डकुमेन्ट्री मार्फत मुख्यमन्त्री कँडेलले सार्वजनिक गरे ।

एक बर्षको कार्याकालमा आफुले काम गर्दै जाँदा फरक विचारमा उभिएकाहरुले आफ्नो आलोचना गर्नु स्वभाविक भएको भन्दै उनले आफ्नैले पनि राम्रो ग¥यो भन्ने दिन गएको बताए ।

अघिल्ला दिनहरु भन्दा आफुले सरकारको जिम्मेवारी समालिसकेपछि कर्णालीमा शुसासनको जग बसाल्न आफु निर्मम भएर लागिरहेको बताउँदै मुख्यमन्त्री कँडेलले आफुले जिल्ला भ्रमण गरेको देखि राजनीतिदलका नेताहरुलाई भेटघाट गरेका कामलाई आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

कुनै पनि योजनालाई पाइलै पिच्छे पछि लागे मात्र कार्यन्वयन हुने गरेको भन्दै उनले आफुले अरुको भरमा छाडेर चासो दिन छोड्ने वित्तिकै त्यो जहाँको त्यहि हुने गरेको अनुभूति सुनाए । ‘मलाई पनि कर्णाली कर्णाली विकासको लागि ठुला योजना बनाउन रहर छ तर भोलिका दिनमा अरुलाई भार बोकाउन नचाहेर नै मैले ठुला योजनाहरु नबनाएको हुँ,’उनले भने ।’

कर्णालीको बजेट कार्यन्वयनमा आफु चिन्तित रहेको भन्दै मुख्यमन्त्री कँडेलले कर्णालीका अधुरा रहेका आयोजनाहरुलाई कार्यन्वयन गर्न तर्फ आफु लागिरहेको बताए । अघिल्लो सरकारले ल्याएको केहि कार्यक्रम लोक प्रिय भए पनि कार्यन्वयनमा केहि समस्या आएको भन्दै त्यसको लागि अहिले सरकार कानुन निर्माण तर्फ लागिरहेको जानकारी गराए ।

‘हिजोका दिनमा बजेट निर्माण गर्दा छनौट गरिने योजनाहरु भन्दा अहिले सरकारले योजना छनौटको निति अरु प्रदेशको लागि समेत शिक्षा भएको छ,’मुख्यमन्त्री कँडेलले भने,‘अरुले आफुले गरेको काम थाहा नहोस् भन्ने चाहान्छन् म सबैलाई थाहा होस् भन्ने चाहान्छु यत्ति फरक हो काम सबैको हो सबैले थाहा पाउनु पर्छ ।’