स्मार्टफोन र कम्प्युटरमा पारस्परिक करमा अमेरिकाको छुट, चीनलाई मिल्यो राहत

अमेरिकाले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको छ । ट्रम्प प्रशासनले स्मार्टफोन र कम्प्युटरहरूलाई पारस्परिक शुल्कमा छुट दिएको हो ।

यसमा चीनलाई पनि राहत दिइएको छ । यो छुट चीनमा पनि लागु हुनेछ ।

अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक शुल्कले ग्याजेटहरूको मूल्य उच्च हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । धेरैजसो ग्याजेटहरू चीनमा बन्छन् । बीबीसी