
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टी कालिकोटको १० औं जिल्ला अधिवेशनबाट अध्यक्षमा चित्र सिंह गाउँले सर्वससम्मत चयन भएका छन् ।
जिल्ला अधिवेशनले गाउँलेको नेतृत्वमा ५३ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । उपाध्यक्षमा चन्द्रबहादुर शाहि सचिवमा कृष्णकला पाण्डे, उपसचिवमा रत्न बहादुर मल्ल , धीरबहादुर शाही र मनसिंह धामीलाई चयन गरिएको छ ।
आइतवार सम्पन्न भएको जिल्ला महाधिवेशनले गाउँलेको नेतृत्वमा जिल्ला कमिटी चयन गरेको नेकपा (एकीकृत समाजवादी)कालिकोट जिल्लाले जानकारी दिएको छ ।
झिल्को खबर । १ बैशाख २०८२, सोमबार ०६:०२