पचालझरना गाउँपालिका केन्द्र आसपास शुक्रवारसम्म मदिरा जन्य पदार्थमा रोक

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका केन्द्र आसपासका क्षेत्र भैसेसेन र पडेक्षामा ५ गते शुक्रवारसम्मलाई मदिरा जन्य प्रदार्थ विक्रि वितरण र सेवनमा पूर्णरुपमा रोक लगाइएको छ ।

मंगलवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर बमले एक सूचना जारी गर्दै गाउँपालिका केन्द्र पडेक्षामा बुधवार देखि कालिकोट जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता संचालन हुने भएकाले उक्त एरियामा मदिरा जन्य पदार्थलाई विक्रि, वितरण र सेवनमा रोक लगाइएको जानकारी दिएका छन् ।

प्रतियोगिता अबधिभर मदिरा जन्य पदार्थ विक्रि वितरण र सेवनमा रोक लगाइएको र उक्त आसपासको क्षेत्रमा मदिरा जन्य पदार्थ सेवन गरी होहल्ला गरेमा प्रचलित कानुन बमोजिम सजाए हुने समेत जानकारी गराइएको छ ।

कालिकोट जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बुधवार प्रतिनिधि सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्र बहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जिल्ला खेलकुद विकास समिति कालिकोटले जानकारी दिएको छ ।