प्रिय साथी ( कविता )

प्रिय साथी ! अस्ताएको घाम् होईनौ
डुबेको चन्द्रमा होईनौ
झरेको पात होइनौं
पग्लिएको हिउँ होईनौ
साथी
के भोलि उज्यालो हुन्न हो ??
धर्ती गोलो छैन हो ??
घाम अस्ताए पछी
चन्द्रमा उदाउन्न हो ??
तिमीलाई के लाग्छ ??
बृहस्पति पनि त एक्लै छन् नि हैन ?
हेर त यि पात झरेका रुखहरु
अनि सम्झ त हिउँ पग्लिए पछिका पहाडहरु !!!!

मलाई थाहा छ
कृष्ण जेलमै जन्मिएका थिए
धेरै दाजुहरू गुमाएका पनि थिए
अत्याचारले सीमा नाघ्दा
प्रकृतीले आकाशवाणि गरिन्
जेलका ताला र ढोकाहरू खोलिन्
आउनेछ त्यो दिन
जुन दिन यमुनाले बाटो छोड्ने छिन्
द्वारपालहरु निदाउने छन
तिमिले लक्ष्मणरेखा नाघेको छैन
तिमिलाई यज्ञकुन्डमा होम्याउन

सक्छिन् मलाई अग्निले दहन गरुन
म अग्नि परिक्षामा होमिन तैयार छु
हे कलियुगका सरकारि दक्षप्रजापतिहरू
तिम्रो यज्ञको बली म बनुला
तर मेरै आँखाले
तिम्रो शिर छेदन गरेको हेर्न नपरोस!