कार्चेनको कार्याकाल सकियो, नयाँ मन्त्री छान्ने जिम्मा पूर्वमुख्यमन्त्री शाहीलाई

सुर्खेत । कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका रूपमा गैरसांसद नियुक्त भएका छिरिङ डम्डोल (कार्चेन) लामाको कार्यकाल सकिएको छ ।

लामाको कार्यकाल सकिएकै दिन सोमबार बसेको नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठकले नयाँ मन्त्री छान्ने जिम्मा पूर्व मुख्यमन्त्री एवं दल नेता महेन्द्र बहादुर शाहीलाई दिएको छ ।

बैठममा दलको भूमिका र अगामी कार्य योजनाको विषयमा गम्भिर बहस भएको नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णा शाहले जाकारी दिइन्

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सिफारिसमा लामालाई २०७८ माघ २३ गते मन्त्रीमा नियुक्त गरेका थिए । सांसद नरहेको व्यक्ति ६ महिनाको लागि मन्त्री बन्न सक्ने व्यवस्था छ । लामाको कार्यकाल आज सोमबार सकिएको छ ।