समाजवादी मोर्चा नेपाल कर्णालीको संयोजकमा नेकपाका सुशील सी

सुर्खेत । समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशलको संयोजकमा नेकपा विप्लवका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कर्णजित बुढाथोकी ‘सुशिल’सी चयन भएका छन् । शनिवार प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित एक कार्यक्रममा यसअघिका संयोजक नेकपा (समाजवादी )पार्टीका ठगेन्द्र प्रकाश पुरीले सुशिललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।

मोर्चाभित्र समन्वय र सहकार्यलाई सुदृढ गर्न संयोजकको जिम्मेवारी आलोपालो गर्ने प्रचलन अनुसार यो पटकको जिम्मेवारी नेकपा विप्लवलाई दिइएको समाजवादी मोर्चा नेपाल कर्णाली प्रदेशले जानाएको छ ।

हाल कर्णाली प्रदेशमा समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी ‘विप्लव’ रहेका छन् ।

नेतृत्व हस्तान्तरण कार्यक्रममा नयाँ संयोजक सुशील सी ले कर्णालीका जनताको अधिकार, विकास, सुशासन र न्यायका लागि मोर्चालाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। उनले समाजवादी आन्दोलनलाई प्रदेशभर सशक्त बनाउने तथा संविधान र संघीयताको संरक्षणमा मोर्चाले निर्णायक भूमिका खेल्ने बताए।