सुर्खेत, नेकमा (माओवादी केन्द्र) निकट अखिल नेपाल जन साँस्कृतिक महासंघ नेपाल का महासचिव सुवर्ण हमालले आफ्नो पहिलो काम भनेको संगठनको इनिहास खोजेर संरक्षण गर्ने बताएका छन् ।
हमालले जनयुद्धकाल देखिको संगठनको इनिहाँस संरक्षण नभएको भन्दै आफुले त्यो इतिहाँसलाई खाजेर संगठनको जीवनलाई जिवन्त बताउने तिर लाग्ने बताए ।
‘म महिलो पटक संगठनको महासचिवमा निर्वाचित भएर आएको छु मेरो हातमा करिब १६ वटा बैठकका माइनट बाहेक अरु केहि भेटिएको छैन, ‘महासचिव हमालले भने,’ ‘यो संगठनमा कृष्णसेन इच्छुक देखि पछिल्ला पुस्ताका नेताहरुले नेतृत्व गर्नु भएको छ तर त्यो इतिहासँस खोज्दा अहिले कहि कतै भेटिएको छैन त्यसैले पहिलो मेरो कर्तव्य भनेको संगठनको इतिहाँस बचाउने तिर लाग्नु हो ,।’
पार्टीले पछिल्लो समयमा लेखक, कलाकार र साहित्यकारहरुलाई संरक्षण नगरेको भन्दै हमालले अब आउने दिनहरुमा माओवादी पार्टीबाट महासंघ सम्बद्ध लेखक, कलाकार र साहित्यकारहरुको संरक्षण हुने पनि बताए ।
संगठनको कामको सिलसिलामा कर्णाली आइपुगेका उनले झिल्को खबरसँग यस्तो बताएका हुन् ।
झिल्को खबर । २४ श्रावण २०७९, मंगलवार १४:५४