
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा मंगलबार (वैशाख १६) एकैपटक संयुक्त इजलासमा परेको छ ।
गएको आइतबार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिएको थियो ।
अदालतको अवहेलनामा थापाविरुद्धको मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको इजलासको पहिलो नम्बरमा छ ।
झिल्को खबर । १६ बैशाख २०८२, मंगलवार ११:२२