एआइजीमा बढुवा भएका ६ प्रहरी अधिकारीको पदस्थापन, सिआइबीमा खापुङ

सुर्खेत । नेपाल प्रहरीका ६ अतिरिक्त महानिरीक्षक (एआइजी)को पदस्थापन भएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले बढुवा र पदस्थापन गरेको हो।

बढुवा भएका चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पदस्थापन गरिएको छ। त्यस्तै, लालमणि आचार्यको कार्य विभाग, कृष्णहरि शर्माको प्रशासन विभाग, दानबहादुर कार्कीको मानव स्रोत विकास विभाग, राजन अधिकारीको अपराध अनुसन्धान विभाग र डा.मनोजकुमार केसीको प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।