म आकाश हेर्छु
उ मलाई हेर्छ।
मलाई देखेर होला,
उ आफ्नो रुप फेर्छ।
पीडा उसलाई सुनाउछु
उ बेखवर बन्छ।
उल्टो पो मलाई उसले
आफ्नो पीडा भन्छ।
फेरी म उर्लेको भेल हेर्छु
त्यसै गरी उ मलाई हेर्छ।
न म उसलाई टेर्छु
न उ मलाई टेर्छ।
दुख उसलाई बिसाउछु
उ उर्लीरहन्छ।
उर्लिनु उसको धर्म हो
र त निरन्तर उ बहन्छ।
बाहिर खुसि भए पनि,
आखिर सबै दुखमा रहेछन।
पीडा लुकाई भित्र भित्रै
देखिदा सब सुखमा रहेछन।
सबै परिदृश्य देखेर म
फेरी उही आकाश हेर्छु।
उर्लेको त्यो भेल हेर्छु।
डा.रविन खड्का । २७ श्रावण २०७९, शुक्रबार २१:३७