
सुर्खेत । राजधानी सहर वीरेन्द्रनगर नगरपालिकाले भूमि सम्बन्धी समस्या समाधानको रोकिएको कामलाई अघि बढाउने भएको छ ।
सुर्खेतको भूमि सम्बन्धी समस्या समाधान समितिअन्तर्गत नगर सहजीकरण समितिको बैठक बसी स्थानीयको रोकिएको भूमि समस्याको काम अघि बढाउने निर्णय गरेको हो । ‘बैठकले विगतमा भूमि आयोगको विगठनसँगै रोकिएको काम तत्काल अघि बढाउने निर्णय गरेको वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।
नगर प्रमुख ढकालका अनुसार वडा नं १ र २ बाट नाप जाँचको कार्य प्रारम्भ हुने र वीरेन्द्रनगर नगरपालिकालाई व्यवस्थित बनाउने तर्फ नगरपालिका प्रतिवद्ध रहेको जानकारी दिइन् ।सोही अनुसार भूमि सम्बन्धी समस्या समाधान गरेर अघि बढ्ने उनको भनाई छ ।
झिल्को खबर । १९ बैशाख २०८२, शुक्रबार १२:००