सरकारको नीति तथा कार्यक्रमः कर्णालीमा हुँने भनिएको दशौं राष्ट्रिय खेलकुदबारे उल्लेख नै छैन

सुर्खेत । सरकारले २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दा नेपाली खेलकुदले परम्परागत शैलीले निरन्तरता पाएको छ ।

गत वर्षको तुलनामा यो पटक खेलकुदको नीति तथा कार्यक्रम कम रहेको छ। नेपाली खेलकुदकै चासोको विषय बनेको कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारेमा यो पटक नीति तथा कार्यक्रममा कुनै उल्लेख गरिएको छैन ।

गत वर्षको नीति तथा कार्यक्रममा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गर्न ६० करोड रुपैयाँ बजेट विनियोजित भई निकासा पनि भएको थियो । यसपटकको नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई संघीय सरकारले पटक पटक सारे खेल नुहेने जनाएको थियो । तर संघीय सरकारको आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रममा कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्राथमिकतामा परेको छैन ।

अब कर्णालीमा आयोजना गर्ने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ की हुँदैन भन्ने कुनै निश्चित छैन ।