
इन्डियिन प्रिमियर लिगको प्लेअफ प्रतिस्पर्धाबाट सनराइजर्स हैदरावाद पनि बाहिरिएको छ। सोमबारको दिल्लीविरुद्धको खेल वर्षाका कारण रद्द भएसँगै हैदरावादको सम्भावना सकिएको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको हैदरावादले उत्कृष्ट बलिङ गर्दै १३३ रनमा सिमित गरेको थियो। तर, लक्ष्य पछ्याउने समयमा ठूलो पानी परेपछि खेल रद्द भएको हो।
११ खेलमा तीन खेल जितेको हैदरावाद सात अंकसहित अंकतालिनकाको आठौं स्थानमा छ। दिल्ली भने पाँचौ स्थानमा छ। उसको प्लेअफ सम्भानावा कायमै छ ।
आइपिएसलको प्लेअफ प्रतिस्पर्धाबाट चेन्नइ र राजस्थान यसअघि नै बाहिरिसकेका छन्। बाँकी सात टिमबिच प्रतिस्पर्धा छ।
झिल्को खबर । २३ बैशाख २०८२, मंगलवार ०६:२१