शान्ति र स्थिरताका लागि आपसी सहकार्य आवश्यकः उपमहासचिव शर्मा

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब रूप भएको बताएका छन् । विहिवार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नेता शर्माले यसको विरुद्ध दृढतापूर्वक उभिनु सबै राष्ट्रहरूको कर्तव्य भएको उल्लेख गरेका छन् ।

भारतले हालै सञ्चालनमा ल्याएको ‘अपरेसन सिन्दूर’को सन्दर्भमा सामाजिक संजाल मार्फत प्रतिक्रिया दिदै नेता शर्माले लेखेका छन्,‘आतंकवाद मानव सभ्यताको सबैभन्दा खराब कुरा हो। आतंकवाद विरुद्ध लड्नु हरेक राष्ट्रको कर्तव्य हो। साथै शान्ति र स्थिरताका लागि आपसी सहकार्य गर्दै आतंकवादलाई परास्त गर्न आवस्यक छ।’