
सुर्खेत । भोलि शनिबार जुम्ला खलंगा बजारमा आयोजना हुने जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५९१ जना धावक सहभागी हुने भएका छन्। कर्णाली स्पोर्टस् क्लबले आज यहाँ पत्रकार सम्मेलन गरेर छैटौँ संस्करणको दौडको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
क्लबका अध्यक्ष सरोज शाहीले ५१ किलोमिटर दौडमा स्वदेशी ७४, पोल्यान्ड, अमेरिका र फ्रान्सका एक–एक तथा भारतका दुईजना धावक सहभागी हुने बताए। पाँच किलोमिटर दौडतर्फ कर्मचारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किलोमिटर दूरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट दुईजना गरी कुल ५९१ जना धावक प्रतियोगितामा सहभागी हुने जानकारी उनले दिए।
म्याराथनका लागि रु. २८ लाख विनियोजन गरिएको जानकारी दिँदै अध्यक्ष शाहीले प्रतियोगिताका माध्यमबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
झिल्को खबर । २६ बैशाख २०८२, शुक्रबार ११:२४