मध्यपहाडी लोकमार्ग अभियानमा माओवादी

प्रमुख प्रतिपक्ष दल माओवादीले मध्यपहाडी अभियान दुई चरणमा सञ्चालन गर्ने भएको छ । आगामी २ जेठमा सुदूरपश्चिमको बैतडीबाट ‘मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान’ सुरु हुँदै छ ।

जेठभरिमा अभियान सक्ने योजना रहेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए । बजेटका कारण पहिलो चरणको कार्यक्रम ९ जेठसम्म सञ्चालन हुनेछ । त्यसपछि दोस्रो चरणको अभियान सञ्चालन हुनेछ र सोलुमा पुगेर समापन गरिनेछ ।

‘२ जेठमा बैतडीबाट अभियान सुरु हुन्छ । ९ जेठमा पोखरा पुगेर पहिलो चरणको अभियान सम्पन्न हुन्छ । बजेटपछि फेरि दोस्रो चरणको अभियान सुरु हुन्छ । जेठभरिमा अभियान सक्ने योजना छ,’ सापकोटाले भने ।

१५ जेठमा संघीय संसद्मा बजेट प्रस्तुत हुनेछ । वर्षालाई मध्यनजर गर्दै जेठभरिमा अभियान सक्ने तयारी छ । यद्यपि, दोस्रो चरणको अभियानको तालिका तय हुन बाँकी छ ।

यसअघि १२ फागुनदेखि १७ वैशाखसम्म माओवादीले हुलाकी राजमार्गकेन्द्रित अभियान सञ्चालन गरेको थियो । उक्त अभियान सोचेभन्दा बढी उपलब्धिमूलक भएको माओवादीको निष्कर्ष छ ।

विगतका कमीकमजोरीप्रति आत्मालोचना गर्ने र जनतामा जाने नीतिअनुसार माओवादीले हुलाकी र मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको निर्णय गरेको हो । अभियानले माओवादीप्रति सकारात्मक राग जरासम्मै पैदा भएको सापकोटाले बताए ।

२ जेठमा बैतडीबाट अभियान सुरु हुन्छ । ९ जेठमा पोखरा पुगेर पहिलो चरणको अभियान सम्पन्न हुन्छ । बजेटपछि फेरि दोस्रो चरणको अभियान सुरु हुन्छ । जेठभरिमा अभियान सक्ने योजना छ ।