पूर्व माओवादी नेता विष्टको कटाक्ष पूर्व प्रेमिहरुको मिलन

सुर्खेत, नेकपा (माओवादी केन्द्र) का पूर्व नेता एवं पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराइलाई पूर्व प्रेमिहरुको मिलन भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक संजाल आफ्नो आधिकारिक फेसबुक मार्फत विष्टले बाबुराम भट्टराइ तर्फ इंगित गर्दै घुम्दै फिर्दै जुम्जाटार भन्दै प्रचण्ड र बाबुरामको फोटो राखेर पोष्ट गरेका हुन् ।

केहि दिन अघि बाबुराम भट्टराइ र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड बीच सरकारले मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभाको चुनावमा माओवादी केन्द्रको चुनाव चिन्हमा चुनावमा जाने सहमति गरेका थिए ।