जुम्ला रारा अल्ट्रा म्याराथनः५ किलोमिटरमा धिताल र १० किलोमिटरमा बोहोरा प्रथम

सुर्खेत । जुम्ला खलङ्गामा सम्पन्न रारा अल्ट्रा म्याराथनअन्तर्गत पाँच किलोमिटर दौडमा पदमराज धिताल प्रथम भएका छन् । यस्तै नविन चौधरी द्वितीय र सरोज कटुवाल तृतिय भए । पाँच किलोमिटर दौडको महिला तर्फ विपना थारु प्रथम, सुनिता हमाल द्वितीय र सुनिता शाही तृतीय भएका छन् ।

१० किलोमिटर दौडमा हरिबहादुर बोहोरा प्रथम, दीपेन्द्र बुढा द्वितीय र महेन्द्र कठायत तृतीय भएका छन् । १० किलोमिटर महिला तर्फ सङ्गीता बुढा प्रथम, सुरेशा बुढा द्वितीय र हिमाली भण्डारी तृतीय भएका कर्णाली खेलकुद क्लब, जुम्लाले जनाएको छ ।

जुम्ला रारा अल्ट्रा म्याराथनको अवसरमा ५१ किलोमिटर, १० किलोमिटर र पाँच किलोमिटर दौड आयोजना गरिएको हो । पाँच किलोमिटरमा एक सय ५५ जना र १० किलोमिटर दौडमा तीन सय ५५ जना धावक सहभागी थिए । कर्णालीको पर्यटकीय सम्भावनाहरू उजागर गर्न हरेक वर्ष जुम्ला रारा अल्ट्रा म्याराथनको आयोजना हुँदै आएको छ ।