
सुर्खेत । जाजरकोट कारागारभित्र एक जना कैदीले आत्महत्या गरेका छन् । भेरी नगरपालिका–१० निवासी २५ वर्षीय दीपक बुढाले कारागारभित्रकै शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त प्रशाद शर्माले जानकारी दिए ।
उनका अनुसार बुढा २०८१ चैत ५ गते जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत जाजरकोटको आदेशमा पुर्पपक्षका लागी थुनामा राखिएका थिए र मुद्दाको अन्तिम फैसलाअघि नै उनले आत्महत्या गरेका हुन्।
आत्महत्याको कारण खुल्न बाँकी रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

झिल्को खबर । २८ बैशाख २०८२, आईतवार २१:३२